मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु

ram naam satya

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२ देखि ४० वर्ष उमेर समूहका युवा रहेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला श्वासप्रश्वास बन्द हुनेको संख्या छ। सन् २०१८ को जनवरीमा भने सबैभन्दा धेरै करेन्ट लागेर, जलेर, ढलमा खसेर र कुटपिटमा परेर मर्नेको संख्या २१ छ। सात जनाले आत्महत्यामा ज्यान फालेका छन् भने सडक दुर्घटनामा परेर तीन र सुतेकै ठाउँमा श्वासप्रश्वास बन्द भएर मर्नेको संख्या दुई जना छ।

यसैगरी, फेब्रुअरीमा सबैभन्दा धेरै अन्य शीर्षकमा मर्नेको संख्या १३ जना छ। श्वासप्रश्वास बन्द भएर, टीबी, निमोनियालगायत रोगका कारण पाँच जनाको ज्यान गएको छ। उद्योगमा काम गर्दा घाइते भएर दुई जनाको मृत्यु भएको दूतावासको तथ्यांक छ। सन् २०१७ मा तीन सय ५१ पुरुष र तीन महिलाको मृत्यु भएको थियो।

सोही वर्ष करेन्ट लागेर, जलेर, ढलमा खसेर, कुटपिटमा परेर मर्नेको संख्या एक सय ८९ रहेको दूतावासको तथ्यांक छ। आत्महत्या गरेर मर्नेको संख्या ६४ र श्वासप्रश्वास बन्द भएर मृत्यु हुनेको संख्या ६१ थियो। दुर्घटनामा परेर सन् २०१७ मा २६ जनाको मृत्यु भएको थियो।

यसैगरी, सन् २०१६ मा तीन सय ९२ जना नेपाली मजदुरको मृत्यु भएको छ। पुरुष तीन सय ८४ र महिला आठ जनाको मृत्यु भएको हो। यस वर्ष सबैभन्दा धेरै अन्य शीर्षकमा दुई सय १९ जनाको मृत्यु भएको छ। यसैगरी, श्वासप्रश्वासका कारण ५९, सडक दुर्घटनामा ५४, आत्महत्यामा ४९ र सडक दुर्घटनामा ११ जना नेपालीको मृत्यु भएको दूतावासको तथ्यांक छ।

मलेसियामा पाँच लाख नेपाली कानुनी रूपमा कार्यरत रहेको कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो। गैरकानुनी रूपमा दुई लाखभन्दा बढी नेपाली मजदुर मलेसियामा कार्यरत रहेको उनले सुनाए।

मलेसियामा नेपालीको मृत्यु हुनुमा हावापानीअनुसार स्वास्थ्यको ख्याल नगर्नु, कम्पनीको व्यवहार, एजेन्टले भनेअनुसार सेवा-सुविधा नपाएपछि काम छाडेर बाहिरिनु, निकै कमसल खालको रक्सी खानु, ट्राफिक रुलमा ध्यान नदिनुलगायत रहेको यहाँ कार्यरत मजदुर बताउँछन्। कम्पनीले उपलब्ध गराएको होस्टलमा हावासमेत राम्रोसँग पास नहुने भएकाले धेरै युवाको श्वासप्रश्वास बन्द भएर सुतेकै ठाउँमा ज्यान जाने गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *