मत परिणाम समयमै बुझाउन निर्वाचन आयोगलाई राष्ट्रपतिको सुझाव

ram naam satya
  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचनको मत परिणाम समयमै सम्बन्धित निकायमा पेस गर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ।

        राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीसँग बिहीबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले गर्नुभएको भेटमा यस्तो सुझाव दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखको नियुक्ति नभइसकेको अवस्थामा प्रदेश सभाका सदस्य निर्वाचित भएको विवरण बुझाउन तथा शपथग्रहण गराउने सम्बन्धमा पनि जिज्ञासा राख्नुभएको थियो। आयोगले प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचनको परिणाम पेस गर्न कठिनाइ हुने जनाउँदै आएको छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपतिले २०७४ मङ्सिर १० र २१ गते सम्पन्न भएको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन आयोगले गरेको कार्यको प्रशंसा गर्नुहुँदै आयोग परिवारलाई बधाई दिनुभयो। भेटमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रदेश सभा सदस्यको समानुपातिक तर्फको सिट बाँडफाँड गरी दलले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भई प्रचलित कानुन अनुसार दोस्रोपटक बन्दसूचीलाई समावेशी समूह अनुरूप सच्याएर ल्याउन दललाई आज सम्मको समय दिएको व्यहोरा राष्ट्रपतिलाई अवगत गराउनुभयो। साथै उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा हुन बाँकी नै रहँदा पनि आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीलाई अगाडि बढाएको जानकारी गराउनुभयो।

प्रमुख आयुक्त डा. यादवले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले प्राप्त गर्ने सिट सङ्ख्या तोकी दलहरूलाई पत्राचार गर्न आयोगलाई संवैधानिक एवम् कानुनी अड्चन देखिएको बताउनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *