भित्री मंगोलिया प्रतिनिधिमण्डलको छलफल राष्ट्राध्यक्ष सी चिन फिङ सहभागी

ram naam satya

तेह्रौं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन मार्च पाँच तारिख सोमबारदेखि पैचिङस्थित जनवृहतसभा भवनमा जारी छ। पाँच तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ भित्री मंगोलिया प्रतिनिधिमण्डलको छलफल कार्यक्रममा सहभागी हुनुभएको छ।

यस वर्षको जनवरीमा भित्री मंगोलिया स्वायत्त प्रदेशका सबै चुनावमा सी चिनफिङ राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधि भएको जानुभएको थियो। उहाँले कम्युनिष्ट पार्टी केन्द्रिय समितिले अल्पसंख्यक जातिय तथा फ्रंटियर क्षेत्रलाई महत्व दिएको र कम विकसित क्षेत्रलाई झन् विकासका लागि अग्रसर गराउँदै गरिबी निवारणको अठोट पूरा गर्नका लागि भित्री मंगोलियामा चुनाव गरेको बताउनुभयो।

भित्री मंगोलियाको गरिबीमा निस्कने योजनाबारे महासचिव सीले अहिले समस्याको राम्रो समाधान गर्नका साथै दिगो दिर्घकालीन प्रणाली गठन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले गरिबी निवारणको काम र गाउँ क्षेत्र पुनरुत्थान रणनीतिलाई सँग-सँगै मिलाएर किसान पशुपालकहरुको जीवनस्तर तथा आवास क्षेत्रको चौतर्फी रुपमा राम्रो निर्माण गर्ने धारणा व्यक्त गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *