भाषा आयोगले लोपोन्मुख २९ वटा भाषाको शब्दकोश बनाउने

ram naam satya

भाषा आयोगले लोपोन्मुख २९ वटा भाषाको शब्दकोश बनाउने भएको छ। यसका लागि आयोगले अनुसन्धान सुरु गरिसकेको छ।शब्दकोश निर्माणका लागि बोलचाल र लेखाइ केही पनि नभएको, समुदायमा बोलिने तर लेख्य परम्परा नभएको भाषाबारे अध्ययन सुरु गरिएको हो। यी विषयमा अध्ययन सकिएपछि शब्दकोश निर्माण कार्य सुरु गरिने भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले बताए। उनका अनुसार २९ भाषामध्ये पहिलो चरणमा १३ वटाको शब्दकोश बनाइनेछ।

यसैबीच स्थापनाको दुई वर्ष पूरा हुनै लाग्दा पनि भाषा आयोगले अझै पूर्णता पाएको छैन। आयोगका सदस्यमा नियुक्त हुन भाषा विषयमा स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने, विभिन्न भाषाबारे अध्ययन अनुसन्धान र अन्वेषण गरी २० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने संवैधानिक प्रावधान छ।

सरकारी कामकाजको भाषाको मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण तथा भाषाको संरक्षण, सम्वद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायबारे सरकारलाई सिफारिस गर्न भाषा आयोग गठन गरिने संविधानको धारा २८७ मा उल्लेख छ।

सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले ०७३ भदौ १६ मा सचिव डा.लवदेव अवस्थीको अध्यक्षतामा आयोग गठन गरेको थियो। संविधानले आयोगमा अध्यक्षबाहेक सदस्य नियुक्तिबारे स्पष्ट नपारे पनि हरेक प्रदेशबाट प्रतिनिधित्व हुने गरी गठन गर्नुपर्ने व्यवस्था रहेको अन्नपूर्ण पोस्टले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *