

(GMT+08:00) 2017-11-27 15:07:37
भारत सरकारले हालै पुनःप्रयोगमा ल्याउनसकिने ऊर्जा स्रोतको विकाससम्बन्धी तीन वर्षीय योजना प्रस्तुत गरेको छ। भारत सरकारले आगामी तीन वर्षभित्र कुल मात्रा एक सय गिगा वाटस् पुग्ने सूर्य ऊर्जा स्रोत र हावाबाट बिजुली निकाल्ने परियोजनाको निर्माण गर्ने र सन् 2022 सम्ममा कुल जडान क्षमता दुई सय गिगा वाटस् पुग्ने अनुमान गरेको जनाइएको छ।
भारतीय “इकोनोमिक टाइम्स” ले नोभेम्बर 26 तारिख जनाएअनुसार, भारतीय नयाँ ऊर्जा स्रोत तथा पुनःप्रयोगमा ल्याउनसकिने ऊर्जा स्रोत मन्त्रालयका उप मन्त्री आनन्द कुमारले योजनाअनुसार, सन् 2020 आर्थिक वर्षको अन्त्यसम्म भारतले असी गिगा वाटस् सूर्य ऊर्जा स्रोत परियोजना र तीस गिगा वाटस् हावाद्वारा बिजुली निकाल्ने परियोजना थप्ने बताउनुभयो।
