भारत र पाकिस्तानबीच कश्मिर क्षेत्रमा गोली हानाहान

ram naam satya

भारत र पाकिस्तानबीच चार तारिख कश्मिर क्षेत्रको भारत-पाकिस्तान वास्तविक नियन्त्रण रेखा नजिकै गोली हानाहान भएकाले धेरैजना हताहत भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।
भारतीय सेनाका एकजना प्रवक्ताले युद्ध विराम सम्झौता विपरीत वास्तविक नियन्त्रण रेखा नजिकको भारतीय नियन्त्रणमा रहेको कश्मिरको राजुरी क्षेत्रमाथि तोप हानेर एकजना भारतीय सैनिक अधिकृत र तीनजना सिपाहींको मृत्यु भएको पाकिस्तानमाथि दोषारोपण गरेका छन्।

पाकिस्तानका तीनवटा सैन्य प्रेस ब्युरोले चार तारिख एउटा बक्तव्य प्रकाशित गर्दै भारतीय सेनाले त्यसै दिन विना कारण कश्मिरको वास्तविक नियन्त्रण रेखाको पाकिस्तानी क्षेत्रतर्फ गोली हानेर एकजना सर्वसाधारणको ज्यान जानुका साथै अन्य दुईजना बालक घाइते भएको जानकारी दिएको छ। पाकिस्तानी सेनाले तुरुन्तै भारतीय सैनिक चौकीमाथि जवाफी कारवाई गरेको कुरा उक्त वक्तव्यमा उल्लेख गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *