भारत र चीनभन्दा नेपाल अगाडि

ram naam satya
नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ। यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन्।

वल्र्ड इकोनोमिक फोरमले फोरमले वर्षैपिच्छे विश्वका १ सय ३ देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ वटा उदीयमान अर्थतन्त्र भएका देश छन्। नेपालले उदीयमान अर्थतन्त्र भएका ७४ देशको सूचकांकमा २२ औं स्थान हासिल गरेको हो। नेपाल गत वर्षको दाँजोमा पाँच स्थान माथि उक्लिएको हो। गत वर्ष २७ औं स्थानमा थियो।

फोरमले तयार पार्ने यस्तो सूचकांकमा परेका देशले कूल गार्हस्थ उत्पादन (जिडिपी) उच्च बनाउन आर्थिक प्रगतिका ११ आयामअनुसार कसरी काम गरेका छन् भन्ने मिहिन विश्लेषण गरिएको हुन्छ। सूचकांकमा जति अगाडि पर्न सक्यो, देशको अर्थतन्त्रले त्यति नै धेरै प्रगति गरेको बुझिन्छ।

सूचकांकमा नेपालले दक्षिण एसियाका अधिकांश मुलुकलाई पछाडि पारेको छ। यो सूचकांकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। बंगलादेश ३४, श्रीलंका ४० र पाकिस्तान ४७ औं स्थानमा परेका छन्। यसमा भारतले ६२ औं तथा शक्तिशाली अर्थतन्त्रका रूपमा उदाएको चीन २६ औं स्थानमा आएको छ। नागरिकन्यूज डटकमका अनुसार इकोनोमिक फोरमले समावेशी विकास सूचकांक तयार पार्दा वृद्धि र विकास, समावेशी तथा अन्तरपुस्ता समानतालाई आधार बनाउने गर्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *