

भारतको मध्यपूर्व रेल समस्तीपुर क्षेत्रीय कार्यालयले २२ जुनमा दिएको निर्देशन अनुसार रक्सौल रेलवेले असार ८ गतेदेखि जरिवाना रकम छ गुणासम्म वृद्धि गरेको थियो,गोरखापत्र अनलाइनले लेखेको छ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका करिब एक दर्जन सिमेन्ट उद्योगले कच्चा पदार्थ क्लिङ्कर, जिप्सम, फ्लाई एस र स्लेग भारतीय रेल्वेमार्फत आयात हुने गरेको छ। यसरी भारतीय रेलवेले आयातकर्ताले चाँडै सामान लैजाउन् भन्ने उद्देश्यले आयातित सामग्री थन्किएमा सामान्य दररेटमा जरिवाना लिने गरेको भए पनि असार महिनाको ८ गतेदेखि छ गुणा बढाइएकाले औद्योगिक उत्पादन लागत बढ्ने गरेको थियो तर पछिल्लो समयमा उक्त अतिरिक्त जरिवाना दररेट भारतीय रेलवेले हटाएकाले व्यवसायीहरूलाई केही राहत भएको छ। भारतीय रेलवेले बढाएको उक्त जरिवाना दररेट कायम नै रहँदा भारतीय रेलवे भएर औद्योगिक कच्चा पदार्थ आयात गर्ने नेपाली व्यवसायीले वार्षिक ३० करोडभन्दा बढी रकम जरिवाना तिर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको थियो।
