भारतीय प्रधानमन्त्रीको सम्वोधनको चीनद्वारा उच्च मूल्याङ्कन

ram naam satya
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले दाभोस आर्थिक मञ्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्वोधनको उच्च मूल्याङ्कन गर्नुका साथै चीनले विभिन्न पक्षसँग मिलेर आर्थिक विश्वव्यापी विकास गर्ने इच्छा लिएको विचार व्यक्त गर्नुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभयो। उहाँले यसै दाभोस वार्षिक सम्मेलनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री मोदीले संरक्षणवाद विरोधी धारणा देखाएकोप्रति चीनले ध्यानाकर्षित भएको बताउँदै जसबाट आर्थिक विश्वव्यापीकरण र विश्वका विभिन्न मुलुक विशेष गरी व्यापक विकासोन्मुख मुलुकको हित अनुकूल रहेको प्रतिबिम्बित हुने उल्लेख गर्नुभयो। चीनले विभिन्न पक्षसँग मिलेर आर्थिक विश्वव्यापी विकास गरी विश्वको आर्थिक वृद्धि गर्न तथा विभिन्न मुलुकका जनतालाई फाइदा पुर्‍याउन बढाउने इच्छा लिएको पनि प्रवक्ता ह्वाले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *