भारतीय केन्द्रीय बैंकद्वारा आधारभूत व्याजदर कायम

ram naam satya
(GMT+08:00) 2017-12-07 17:59:52

भारतको केन्द्रीय बैंकले हिजो डिसेम्बर ६ तारिख मुद्रा नीति विषयक सम्मेलनको आयोजना गरेपछि आधारभूत व्याज दरलाई ६ प्रतिशतको स्तरमा निरन्तर कायम राख्ने घोषणा गरेको छ। विश्लेषकका अनुसार,स्थिर आर्थिक बृद्धि तथा मुद्रास्फितिको नियन्त्रणका लागि भारतको केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो।

प्राप्त तथ्याङ्क अनुसार, बिगत अक्टोबरमा भारतको उपभोक्ता मूल्य सूचि गत वर्षको सोही अवधिको तुलनामा ३.५८ प्रतिशतले बढेको थियो। जसबाट भारतमा मुद्रास्फिति झन् गम्भिर देखिन्छ। भारतको मुद्रास्फितिको दर आगामी वर्षको मार्च महिनाको अन्त्यसम्म भारतको केन्द्रीय बैंकले तोकेको ४ प्रतिशत रहेको लक्ष्यभन्दा बढी हुनसक्ने विशेषज्ञले औँल्याएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *