भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण

ram naam satya
नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आगामी तीन महिनाका लागि भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो।

पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली बुधबार भारत प्रस्थान गरेको थियो। बुधबार ३ बजेदेखि बसेको संयुक्त बैठकले पुरानै दरमा बिजुली आयात गर्ने सम्झौता गरेको प्राधिकरण स्रोतले बतायो। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गरिएको हो।

भारतको विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभिएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गरी सम्झौता नवीकरण गरेको हो। नागरिकन्यूज डट कमका अनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *