भारतले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माणमा सघाउने

ram naam satya

भारतले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माणमा सघाउने भएको छ। २०७२ सालको विनाशकारी भूकम्पले सबैभन्दा बढी प्रभावित गोरखा र नुवाकोटमा पुनर्निर्माणका लागि भारतले युएनडिपीसँग मिलेर १६.२ मिलियन डलरको लागतमा ५० हजार घर निर्माण गर्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

संयुक्त राष्ट्रसंघसँग साँझेदारीअन्तर्गत भारतले पुनर्निर्माणमा खटिएको राष्ट्रसंघीय संस्था यूएनडिपीलाई ८.७९ मिलियन डलर र यूएनओपिएसलाई ७.१ मिलियन डलर दिने सम्झौता गरेको हो। सम्झौताअनुसार भारतीय लगानीमा गोरखामा २६ हजार ९१२ घर र नुवाकोटमा २३ हजार ८८ घर पुनर्निर्माण हुनेछन्।

सम्झौतापत्रमार भारतीय दूतावासका तर्फबाट डा अभय कुमार, यूएनडिपीका नेपाल निर्देशक रेनड मेयीर, यूएनओपिएसका क्षेत्रीय डाइरेक्टर सञ्जय माथुरले हस्ताक्षर गरेका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *