भारतमा यातायात दुर्घटनामा एघारजनाको मृत्यु

ram naam satya
भारतको पूर्वी भागमा रहेको झारखणड प्रदेशमा हिजो जनवरी चौध तारिख राति एउटा यातायात दुर्घटना हुँदा कम्तिमा एघारजनाको ज्यान जानुका साथै अन्य धेरैजना घाइते भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भारतीय सञ्चार-माध्यमलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार, उक्त दुर्घटना झारखण्ड प्रदेशको गुम्ला क्षेत्रमा भएको हो। तीब्र गतिमा चलिरहेको एउटा ट्रक र सोह्रजना यात्रु बोकेको तीन चक्के गाडी आपसमा ठोक्किइँदा एघारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

स्थानीय प्रहरीका अनुसार, तीन चक्के गाडीमा बसेका सोह्रजना यात्रु तीर्थयात्री थिए। उनीहरु तीर्थयात्रापछि आफ्नो घर फर्कंदा उक्त दुर्घटनामा हताहत भएका छन्। दुर्घटना भएको समयमा बाक्लो कुहिरो लागेकाले दुर्घटना भएको प्रारम्भिक छानबिनले देखाएको छ।

प्राप्त तथ्याङ्क अनुसार, हरेक वर्ष भारतमा झण्डै एक लाख पचास हजार मानिसले यातायात दुर्घटनामा ज्यान गुमाउने गर्दछन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *