भारतमा भएको दक्षिण एशियाको पर्यटन प्रवर्द्धनमा नेपाल

ram naam satya

दिल्लीको प्रगती मैदानस्थित प्रदर्शनी हलमा नेपाल लगायत विश्वका एक सय भन्दा बढी देशका पर्यटनसंग सम्बन्धित संघ संस्थाहरुको उपस्थितिमा पर्यटन प्रवद्धनमूलक कार्यक्रम गरिएको छ। एउटै छानामुनी सिंगै विश्व हेर्न तथा एक अर्का सँग परिचय गर्ने अपूर्व अवसर र एसियाको पर्यटन प्रर्वद्धनको लागि त झनै ठूलो मौका भएको सहभागीहरूले बताए।

प्रदर्शनीमा विश्वभरका १२ हजार भन्दा बढी विभिन्न देशका पर्यटन सम्बद्ध सरकारी निकायहरु, ट्राभल तथा टुर अपरेटरहरु, वायुसेवा कम्पनीहरु, होटल लगायतका पर्यटन व्यवसायीहरुको सहभागीता रहेको ईकान्तिपुर अनलाइनले लेखेको छ।

विगत २५ वर्ष देखि लगातार आयोजना हुदै आएको प्रर्दशनीमा नेपाल पर्यटन बोर्डको अगुवाईमा नेपालका १९ वटा ट्राभल तथा ट्रेकिङ कम्पनीहरु, नेपाल वायुसेवा निगम र ट्राभल एण्ड टुर्स एसोएिसन (नाटा) सुदुरपश्चिम शाखाको पनि सहभागिता रहेको छ। विश्वभरका पर्यटन सम्बद्ध संघ संस्थाको बीचमा नेपालको पर्यटन प्रर्वद्धन गर्नका लागि यो राम्रो अवसर भएको नाटा सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, ‘छिमेकी मुलुकमा भएको यो विश्वस्तरीय मञ्चबाट नेपाल आर्कषक गन्तव्य भएको सन्देश दिन सक्नुपर्छ ।’ पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले प्रदर्शनीमा नेपालका गन्तव्यको बारेमा जानकारी लिन चाहाने र नेपाल घुम्न चाहनेहरुको संख्या उल्लेख्य रहेको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *