भारतबाट अधिकांश विषादीयुक्त तरकारी नेपाल भित्रिँदै

ram naam satya

भारतबाट नेपाल भित्रिरहेको तरकारीमा विषादी मात्रा अत्यधिक फेला परे पनि किनबेचमा रोक लगाउन कोही पनि अग्रसर भएका छैनन् । सीमा नाकाबाट परीक्षण बेगरै नेपाल भित्रिरहेको तरकारी बजारमा पुगेपछि परीक्षण गर्दा अधिकांशमा अत्यधिक विषादीको मात्रा भेटिएको छ।

मानव स्वास्थ्यका लागि हानिकारक ठहर भइसकेका तरकारी किनबेच भने निर्वाध चलिरहेको छ। झापाको बिर्तामोडस्थित कृषि उपज बजारको विषादी परीक्षण केन्द्रमा जाँच गरिने तरकारीमा विषादीको मात्रा अत्यधिक फेला पर्दै आएको छ। भारतबाट ल्याइएका तरकारीमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादी भेटिने गरेको जानकारी ल्याबमा कार्यरत प्राविधिक सुष्मा खड्का बुढाथोकीले दिनुभयो।

‘तरकारी जाँच गर्दा पाइएको विषादी मात्राअनुसार खान नमिल्ने देखिन्छ तर, बजारभरि यस्तै तरकारीको राज छ। उहाँका अनुसार सामान्यतया कुनै पनि तरकारीमा विषादीको मात्रा ४५ प्रतिशतभन्दा कम भएमात्रै खानयोग्य मानिन्छ।

केही वर्षअघि राजधानीको तरकारी बजारमा परीक्षणक्रममा विषादीयुक्त तरकारी धेरै भेटिँदा सीमा नाकामा परीक्षण केन्द्र राख्नुपर्ने आवाज चर्किएको थियो। तर, त्यो घटनाको तरंग सेलाउँदै जाँदा यस्तो आवाज उठाउनेको स्वर पनि मत्थर हुँदै गयो। नाकामा अहिलेसम्म परीक्षणको प्रबन्ध भएको छैन। नागरिकन्यूज अनलाइनका अनुसार काँकडभिट्टा नाकामा प्रयोगशाला त छ तर त्यसले तरकारीमा रोग भए–नभएको मात्रै जाँच गर्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *