

भारतले फेब्रुअरी 21 तारिख राती “पृथ्वी दुई” नामक भूमिबाट भूमिमा मार हान्नसक्ने ब्यालेष्टिक क्षेप्यास्त्रको सफलताका साथ परीक्षण प्रक्षेपण गरेको छ।
भारतीय प्रतिरक्षा मन्त्रालयका अधिकारीकाअनुसार, स्थानीय समय 21 तारिख राती आठ बजेर तीस मिनेट जाँदा भारतले उडिशा प्रदेशको चाँदीपुर अखडामा सफलताका साथ परीक्षण प्रक्षेपण गरेको हो। यस पटकको रात्रीकालीन परीक्षण प्रक्षेपणको महत्वपूर्ण अर्थ रहेको छ। किनभने सबै तयारी कार्य रातको समयमा गरिएका हुन्।

