

सिन ह्वा समाचार समितिका अनुसार, भारतले हिजो जनवरी अठार तारिख सफल रुपमा एउटा अग्नी पाँच क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गरेको छ।
भारतीय रक्षा मन्त्राल्यका पदाधिकारिले बताए अनुसार स्थानीय समय नौ बजेर 54 मिनेट जाँदा यो क्षेप्यास्त्र पूर्वी भारतको उडिसा प्रदेशको कलाम परीक्षण केन्द्रबाट प्रक्षेपण गरिएको हो। उक्त क्षेप्यास्त्रले उनाईस मिनेटमा चार हजार नौ सय किलोमिटरको दूरी पार गरेको थियो।
यस पटकको प्रक्षेपणले भारत आफैँले अध्ययन गर्ने सामर्थ्यलाई अझ सबल पारेको र भारतको प्रभाव शक्तिलाई पनि सबल पारेको ती अधिकारीले बताए।

उक्त क्षेप्यास्त्रको लम्बाई सत्र मिटर र वजन पचास टन रहेको थियो। भारतले प्रक्षेपण गरेको क्षेप्यास्त्रमध्ये यसले सबभन्दा टाढा र सबभन्दा द्रुत गति लिएको थियो। सन् 2012 को अप्रिलमा भारतले पहिलो पटक सफल रुपमा अग्नी पाँच क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।
