भारतको मानवरहित एयरक्राफ्ट चीनको वायु क्षेत्रमा प्रवेश

ram naam satya
(GMT+08:00) 2017-12-07 18:00:52

आज डिसेम्बर ७ तारिख चीनको पश्चिमी भागमा रहेको युद्ध क्षेत्रको स्टाफ अन्तर्गत युद्ध व्यूरोका उप-प्रमुख चाङ श्वै लीले भारतको मानवरहित एयरक्राफ्ट चीनको वायु क्षेत्रमा प्रवेश गरी खसेको कुराबारे प्रतिक्रिया व्यक्त गर्नुभएको छ।

हालै भारतको एउटा मानवरहित एयरक्राफ्ट चीनको वायु क्षेत्रमा प्रवेश गरी खसेको कुराले चीनको प्रादेशिक सार्वभौमिक्तामाथि गम्भिरताका साथ उल्लंघन भएको कुरा चाङ श्वै लीले बताउनुभयो। चाङ श्वै लीले यस कुराप्रति चीनले कडाइका साथ असन्तोष तथा विरोध गरेका भन्दै चीनले जिम्मेवारी लिएर राष्ट्रको सार्वभौमिक्ताको सुरक्षाको दृढताका साथ संरक्षण गर्ने कुरा बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *