भारतको एउटा तेल जहाज गिनिया खाडीमा बेपत्ता

ram naam satya

बाईसजना भारतीय नाविक बोकेको तेल जहाज पश्चिम अफिकी मुलुक बेनिनको समुद्री रेखा बाहिरको गिनिया खाडीको समुद्री क्षेत्रमा बेपत्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
चार तारिख, भारतीय विदेश मन्त्रालयका अनुसार, उक्त वाणिज्य तेल जहाज मुम्बईको एउटा पानी जहाज ढुवानी कम्पनीमा मातहत रहेको छ। भारतले सो बेपत्ता तेल जहाज खोज्नका लागि सहयोग गर्न बेनिन र नाइजेरियासँग आग्रह गरिसकेको छ। साथै बेनिन र नाइजेरियाका लागि भारतीय दुताबासले चौबीस घण्टाको उद्धार हटलाईन पनि खोलिसकेको छ।

पानामामा दर्ता गरिएको उक्त तेल जहाजमा तेह्र हजार पाँच सय टन पेट्रोल बोकेको छ भने त्यस जहाजको मूल्य झण्डै एकासी लाख अमेरिकी डलर रहेको छ। बेपत्ता हुनुअघि त्यो तेज जहाज बेनिनको कोटोनु बन्दरगाहमा रोकिएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *