भंसार करको छडी चलाउँदै आफैँलाई क्षति

ram naam satya

वाशिन्टन समयअनुसार मे 10 तारिख अमेरिकाले दुई खर्ब अमेरिकी डलरको चिनियाँ सामानमा भन्सार कर 10 प्रतिशतबाट बढाएर 25 प्रतिशत पुर्‍याएको छ। त्यसको तुरून्तै चीनले जवाफमा वक्तव्य प्रकाशित गरेर बाध्यवश जवाफी कदम चाल्ने घोषणा गरेको छ।

चीन र अमेरिकाबीच व्यापारिक संघर्ष फेरि चर्केदा अफसोस लागेको छ। यस्तो अवस्थाको कारक अमेरिकाले चीनको सदिच्छापूर्ण धारणा तथा गतिविधिको वेवास्ता गरी सधैं अमेरिको प्रथम नीति लिई अन्तिम दबाव दिएको हो। यो मूलबाट वार्तामा आपसी सम्मान, समान तथा हितकर सिद्धान्तमाथि उल्लंखन गरेको छ। जसरी संघर्ष चर्कंदैआएको छ।

सम्झौता-वार्ता दुईपक्षका लागि भएको हो। चीनले वास्तविक गतिविधिद्वारा सबैभन्दा बढी सदिच्छा व्यक्त गर्नुका साथै सबैभन्दा बढी प्रयास गरेको छ। तर अमेरिकले आपसी दिशातिर जानुपर्छ। वर्तमान समयमा चीन र अमेरिकाबीचको आर्थिक व्यापारिक छलफल-वार्ता एक वर्ष भइसक्यो। चीनले अमेरिकाको गतिविधि तरिका बुझ्यो। अमेरिकाले चीनको सिद्धान्त र अडान पनि स्पष्ट रूपमा थाहा पाएको छ। चीनले व्यापारिक युद्ध गर्ने इच्छा नराखे पनि अमेरिकासँग डराउँदैन। बाध्य भएर व्यापारिक युद्ध गर्न सक्छ। दुई पक्षबीच आर्थिक तथा व्यापारिक मतभेद तथा संघर्षबारे चीनले सहयोगद्वारा समाधान गर्ने इच्छा राख्छ। तर सहयोगको सिद्धान्त चिनियाँ केन्द्रीय फाइदा र जनताको मूल हितमाथि क्षति पुर्‍याउनु हुँदैन।

अमेरिकाले धेरैपटक दुईपक्षबीच ऐतिहासिक सन्धि प्राप्त हुने घोषणा गरेको अवस्थामा अकस्मात भन्सार कर बढाउने निर्णय गरेको छ। जसले विश्वव्यापार संगठनमा उसको अन्तर्राष्ट्रिय दायित्व उल्लङ्घन गरेको छ। यो बहुपक्षीय व्यापारको नियममाथि खुल्लमखुल्ला चुनौती हो। जसले दुई पक्ष र विश्वको हितमाथि पनि क्षति पुर्‍याएर अमेरिकी सर्वसाधारणलगायत विश्वका सर्वसाधारणबाट कडा विरोध गरिएको छ। भन्सार करको वृद्धिद्वारा व्यापारिक युद्ध सुरू गर्न समर्थन नगर्ने कुरा अमेरिकी वाणिज्य संघका प्रमुख थोमस जि.डोनोहुयले स्पष्ट पार्नुभयो। उहाँका अनुसार, भंसार कर असुल्ने पक्ष अमेरिकी परिवार र व्यवसाय हुन् , विदेशी होइनन्। 1 सय 50 भन्दा बढी अमेरिकी व्यापार संघको प्रतिनिधित्व रहेको संगठन ट्यारिफ हर्ट दि हर्टल्याण्डले पनि वक्तव्य प्रकाशित गरेर भन्सार करको वृद्धिले अमेरिकाका लगभग दश लाख रोजगार, अमेरिकी किसान, व्यवसाय र उपभोक्तामाथि क्षति र हानी पुगेको बताएको छ।

अमेरिकाले फेरि एकपटक भंसार करको ठूलो छड़ी उठाएर चीनको विकास रोक्न उत्साही भएको छ। तर उसको योजना सफल हुँदैन। सबैलाई थाहा छ, विगत एक वर्षमा चीनले विभिन्न अवस्थाको राम्ररी सामना गरेर अर्थतन्त्र, समाज तथा सर्वसाधारणको मनोविज्ञानमा तनाव प्रतिरोध धेरै बढेको छ। वर्तमान विभिन्न क्षेत्रमा चीनका लागि हितकर सकारात्मक सूचना अझ बढेको छ। चीनसँग अझ शान्ति र स्थिर रूपमा सामना गर्ने विश्वास र क्षमता रहेको छ। आफ्नो कार्य राम्ररी गर्नुका साथै अझ बढी सुधार र अझ उच्चस्तरीय खुलापनद्वारा अर्थतन्त्रको उच्च गुणस्तीय विकासलाई अगि बढाएर चीनले विश्वका लागि अझ बढी विकसित अवसर सिर्जना गर्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *