ब्रह्मपुत्र नदीको किनारमा “महिला लिङका”

ram naam satya

(GMT+08:00) 2017-11-11 10:20:12

तिब्बती भाषामा “लिङका” भनेको उद्यान हो। ब्रह्मपुत्र न दीको किनारस्थित तिब्बत स्वायत्त प्रदेशको लिन्ची शहरको लाङ बस्तीको लाङ पा गाउँको आबास समितिमा एक आर्थिक वनस्पति उद्यान छ। यो उद्यानलार्इ “महिला लिङका” पनि भनिन्छ। किनभने यो आर्थिक उद्यान समस्त गाउँ भित्रका 61 वटा परिवारबाट एक एक जना महिलाले श्रमदान गरी संयुक्त रुपमा व्यवस्थापन गरिएको हो।

लाङ पा गाउँ आबास समिति मातहतको महिला संघका प्रमुख टेन्जिङ चोमा विकास अवधारणा सिक्नका लागि गाउँबाट बाहिर जानुभयो। जन्मथलो फर्कनुभएपछि उहाँले गाउँका महिलाहरूलाई यो आर्थिक वनस्पति उद्यान निर्माण गर्न संयोजन गर्नुभयो। महिलाहरूले लिङकामा अखरोटको रुख रोपिन्। 61 जना महिलाको व्यवस्थापनमा सन् 2011मा यो आर्थिक वनस्पति उद्यानले फाइदा देखाउन थाल्यो। सन् 2016सम्म यो अखरोट वनस्पतिको आर्थिक रकम 95 हजार चिनियाँ युआन पुगेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *