“बेल्ट एण्ड रोड” प्रस्तावको उच्च गुणस्तरको विकासका लागि चीनको प्रयास

ram naam satya

हाल छ वर्षयता चीनले”संयुक्त छलफल,संयुक्त निर्माण,संयुक्त उपभोग” भन्ने सिद्धान्त लिँदै बेल्ट एण्ड रोडको निर्माणमा महत्वपूर्ण तथा उल्लेखनीय उपलब्धि हासिल गर्नका लागि प्रवर्द्धन गर्दै जानेछ। साथै बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नका लागि चीनले प्रयास गर्दै जाने छ। चीनको राष्ट्रिय विकास तथा सुधार समितिका प्रवक्ता यआन ताले आज अठार तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीनले 125 मुलुक र 29 अन्तर्राष्ट्रिय संगठनसँग 173 वटा सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेको छ। पूर्वाधार मिलाउनु,व्यापारलाई सुविधाजनक बनाउनु आदि क्षेत्रमा सकारात्मक प्रगति हासिल भएको देखिन्छ।

पूँजी जुटाउने सम्बन्धमा चीनले लगातार रुपमा बेल्ट एण्ड रोड सम्बन्धी 20 भन्दा बढी तटवर्ती मुलुकसँग द्वीपक्षीय मुद्रा सटही योजना बनाउनुका साथै सात मुलुकसँग चिनियाँ युआन फर्स्योटको योजना बनाएको छ। सन्2018को अन्तसम्म चीनको क्रेडिट बिमा कम्पनीले सम्बन्धी तटवर्ती मुलुकसँग जम्मा गरी छ खर्ब अमेरिकी डलर बिमा रकमलाई व्यवहारमा उतारेको छ। नागरिक क्षेत्रमा वैज्ञानिक प्रविधिको आदानप्रदान,शिक्षा सहयोग,संस्कृति तथा पर्यटन,हरित विकास,विदेशका लागि सहायता आदि क्षेत्रमा श्रृंखलावद्ध उपलब्धि पाइएको देखिन्छ। भविष्यमा चीनले पारस्परिक सम्पर्कको निर्माण,अन्तर्राष्ट्रिय स्रोत सहयोग,तेस्रो बजारमूलक सहयोगको विकासलाई प्रवर्द्धन गर्दै बेल्ट एण्ड रोडको उच्च गुणस्तरको विकासका लागि प्रयास गर्दै जाने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *