

गत अप्रिल 25 देखि 27 तारिखसम्म पैचिङ्गमा आयोजना भएको दोस्रो”बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चले अन्तर्राष्ट्रिय समाजको व्यापक नजर आकर्षित गरेको छ। केही अमेरिकी विद्वानहरुको विचारमा चीनले यस मञ्चको अवसरमा अझ खुल्ला,हरियो र सफा”बेल्ट एण्ड रोड”को निर्माण गर्दै यस प्रस्तावको विश्वव्यापी आकर्षण शक्तिलाई खास तथा प्रभावकारी बनाउने जनाएको छ। साथै केही पश्चिमा मुलुकहरूको असत्य शंकाप्रति चीनले जवाफी प्रतिक्रिया दिएको पनि देखिन्छ।
यस मञ्चमा चीनले अझ श्रेष्ठ तथा खास रचनात्मक प्रस्ताव प्रस्तुत गरेबाट चीनले विदेशी आवाज सुनेर”बेल्ट एण्ड रोड”प्रस्ताव सम्बन्धी सञ्चालित संयन्त्रलाई सुव्यवस्थित बनाउन प्रयास गरेको प्रतिबिम्बित भएको छ। न्यूयोर्क विश्वविद्यालयको अर्थ तथा वित्त शास्त्रका प्रोफेसर एवम् चीन-अमेरिका मामिला विशेषज्ञ ली युले अन्तर्वार्ता लिँदै उक्त धारणा व्यक्त गर्नुभएको हो। उहाँका अनुसार यस मञ्चको निकै महत्वपूर्ण भूमिका रहेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यस मञ्चमा भाषण दिँदै सम्बन्धित विभिन्न पक्षहरुले”बेल्ट एण्ड रोड”को संयुक्त निर्माणमा खुल्ला,हरियो र सफा विचारधारणा लिँदै आएको कुरामा जोड दिनुभएको छ। जसबाट सम्पूर्ण रुपमा चीनले सधैं नै शंका,निन्दा लगायत सबै विदेशी आवाज सुन्दै आएको प्रमाणित हुन्छ।”बेल्ट एण्ड रोड”यस्तो समेटिएको प्रस्तावसँग अझ बढी आकर्षक शक्ति रहेको छ।

150मुलुक,92संगठनबाट आएका 6000अतिथिहरुले यस दोस्रो”बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिँदै 283 प्रभावकारी उपलब्धि पाएको देखिन्छ। यसप्रति विशेषज्ञ लीको विचारमा वास्तविक प्रमाणबाट हेर्दा “बेल्ट एण्ड रोड”प्रस्तावले झन् झन् बढी अन्तर्राष्ट्रिय नजर,समर्थन र सहभागिता पाइरहेको छ। यस प्रस्तावले सम्बन्धित तटवर्ती मुलुक तथा क्षेत्रका लागि महत्वपूर्ण आर्थिक तथा सामाजिक विकासका अवसर ल्याएको देखिन्छ। यस प्रस्तावको सहयोगमा धेरै विकासोन्मुख मुलुकको पूर्वाधार प्रबन्धको निर्माण सम्बन्धी कम्जोरी समाधान गरिएका छन्। हाल अक्सर आर्थिक विकासको अवसर पाएका धेरै तटवर्ती मुलुकबाहेक अन्य केही मुलुकहरुले”बेल्ट एण्ड रोड”प्रस्तावमा भाग लिएर अझ राम्रो विकास पाउन सक्ने प्रतिक्षा गरेका छन्।

विशेषज्ञ लीका अनुसार चीनद्वारा प्रस्तुत”बेल्ट एण्ड रोड”प्रस्तावसँग विभिन्न मुलुकसँग पारस्परिक तथा साझा फाइदा सहयोग गराउने लक्ष्य रहेको छ। तापनि अमेरिका आदि पश्चिमा मुलुकहरुले यस प्रस्तावद्वारा आफैंले विश्वव्यापी क्षेत्रमा पाएको लाभका लागि प्रभाव पार्ने चिन्ता गरेका छन्। यी मुलुकहरुले सुरक्षा,राजनीति,आर्थिक विकास आदि विभिन्न दृष्टिकोणबाट यस प्रस्तावप्रति शंका गरेका छन्। यसप्रति विशेषज्ञ लीले द्दढताका साथ खुल्ला तथा समेटिएको बाटो नै खुल्ला विश्व अर्थतन्त्रको निर्माण गर्ने आवश्यक छनौट हो भन्नुभयो। उहाँका अनुसार चीन र”बेल्ट एण्ड रोड”मा भाग लिएका समस्त मुलुकले आफ्नो उचित छनौटलाई द्दढ कायम राख्दै जानसक्ने छन्। विकासको प्रारम्भिक अवधिमा बसेको”बेल्ट एण्ड रोड”का सामु धेरै वर्तमान तथा भावी चुनौती तथा कठिनाई देखिन्छ। वर्तमान चीनले सहयोगात्मक साझेदारीको चाहना र सुझावमा जोड दिँदै विभिन्न पक्षसँग विकास उपलब्धिको संयुक्त उपभोग गर्नसक्ने छ। अमेरिकाको गठबन्धन मुलुक लगायत धेरै पश्चिमा मुलुकले यस प्रस्तावमा भाग लिएका छन्। निकट भविष्यमा यी मुलुकले सफलता मार्फत अमेरिकालाई”बेल्ट एण्ड रोड”अमेरिकाका लागि पनि महत्वपूर्ण भूमिका रहेको कुरा देखाउनसक्न विशेषज्ञ लीको आशा छ। तर यसका लागि समय चाहिन्छ।
