“बेल्ट एण्ड रोड”मा खुलस्त विश्व अर्थतन्त्रका लागि नयाँ इतिहास सिर्जना

ram naam satya

        “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च अप्रिल २७ तारिख गोलमेच शिखर सम्मेलनको संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनमा सहभागी नेताहरूले “बेल्ट एण्ड रोड” प्रस्ताव तथा अन्य सहयोगात्मक रणनीति लगायत साझेदारी सम्बन्धमार्फत उपक्षेत्रीय, क्षेत्रीय र विश्वको तहमा अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पारी साझा समृद्धि तथा सुमधुर भविष्यको सिर्जना गर्ने अठोट व्यक्त गरेका छन्। यसबाहेक, नियमित रुपमा शिखर मञ्च र सम्बद्ध गतिबिधिको आयोजना गर्ने प्रतीक्षा गर्ने पनि नेताहरूले प्रतिवद्धता व्यक्त गरेका छन्।

दुई वर्षअघिको पहिलो शिखर मञ्चको दाँजोमा यो शिखर मञ्चमा जम्मा २८३ वटा वास्तविक उपलब्धि र ६४ अर्ब अमेरिकी डलरभन्दा बढी कूल रकमको सहयोगात्मक परियोजना सन्धि सम्पन्न भएको छ। त्यस कुराबाट के प्रष्ट हुन्छ भने झन् झन् बढी देश र जनताहरू “बेल्ट एण्ड रोड”मा रहेर आपसी सम्पर्क राख्ने, पारस्परिक विचार-विमर्श गर्ने, सँगसँगै विकास र समृद्धि हुने सहयोगात्मक साझेदार बन्दै जाने छन्।

“बेल्ट एण्ड रोड”ले विकासको परिस्थिति र ऐतिहासिक प्रवाहसँग अनुकूल हुनुका साथै निरन्तर रुपमा गतिरोधलाई अन्त्य गरेर विकासको सिर्जना गरेकाले खुलस्त विश्व अर्थतन्त्रबाट मात्रै विभिन्न मुलुकका जनताका लागि हित हुन सक्ने कुरा पनि स्पष्टसँग विश्वसामु देखिको छ।

मानव जातिको भाग्य एकरुपता स्थापना गर्ने बाटोमा विभिन्न मुलुकका जनताले “बेल्ट एण्ड रोड”मार्फत हातमा हात मिलाएर सुमधुर जीवन सिर्जना गर्दै जाने छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *