

सो अवसरमा भण्डारीले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको “बेल्ट एण्ड रोड” प्रस्तावको नेपालले हार्दिक स्वागत गरेको बताउनुभयो। नेपाल विश्वको अति कम विकसित मुलुकहरुमध्येको एक रहेको भन्दै नेपालले आर्थिक तथा प्राविधिक क्षेत्रमा सहयोग चाहेको बताउनुभयो। अन्य मुलुकको सफल अनुभवबाट नेपालले सिक्ने भन्दै “बेल्ट एण्ड रोड” प्रस्ताव नेपालका लागि सिक्ने राम्रो अवसर उपलब्ध गराएको कुरा बताउनुभयो। राष्ट्रपति भण्डरीकाअनुसार, इतिहासमा चीनको प्रसिद्ध “रेशमी मार्ग” थियो। हाल राष्ट्राध्यक्ष सीले यसलाई नवीकरण गर्नुभयो। “बेल्ट एण्ड रोड” प्रस्तावले अन्तर्राष्ट्रिय सहयोगका लागि नयाँ अध्ययन उघारेको र साँस्कृतिक आदान-प्रदानका लागि सकारात्मक भूमिका निर्वाह गरेको छ। भण्डारीले भन्नुभयो: भण्डारीले चीनको उज्ज्यालो भविश्य रहेको बताउनुभयो। यो प्रकाशमा नेपालको भविश्य पनि आशावादी हुने विश्वास नेपालले लिएको कुरामा उहाँले जोड दिनुभयो।
