बेलायतका मन्त्रीले नेपालको भ्रमण गर्ने

ram naam satya

बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन् । गत वर्ष संसदमा ब्रेक्जिट बहसले व्यस्त हुनुपरेको जनाउँदै अन्तिम समयमा भ्रमण रद्द गरेका उनले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन् । मन्त्री ल्यानक्यास्टरका साथ ब्रिटिस आर्मी चिफ अफ जनरल स्टाफ निकोलस कार्टरसमेत रहनेछन् ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार मन्त्रीले नेपालमा रहँदा सरकारका उच्चपदस्थ पदाधिकारीलाई भेट्नुका साथै गोर्खाहरूको एटेस्टेसन परेड (भर्ती भएर बेलायत आउन लागेका गोर्खाको परेड) अवलोकन गर्ने कार्यक्रम छ। नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढिरहँदा बेलायती मन्त्रीको भ्रमणले दुई देशबीच पारस्परिक सम्बन्ध अरू बढ्ने विश्वास गरिएको छ ।

मन्त्री ल्यानक्यास्टर भूपू गोर्खाका मागप्रति जानकार छन्। कुनै बेला ब्रिगेड अफ गोर्खाजमा समेत कार्यरत उनी रक्षामन्त्री हुँदा लन्डनस्थित नेपाली दूतावासको समन्वयमा भूपू गोर्खा समस्या समाधानका लागि भएका वार्तामा समेत सहभागी थिए । भूपू गोर्खाहरू लामो समयदेखि समान पेन्सनलगायत माग राखेर आन्दोलन गर्दै आएका छन् । भूपू गोर्खाका ६ वटा संस्थाका अध्यक्ष र बेलायती सांसद एवं रक्षा मन्त्रालय (एमओडी) पदाधिकारीसँग कैयौं वार्ता भए पनि निष्कर्षमा पुग्न भने बाँकी रहेको कान्तिपुरले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *