बेइजिङमा नेपाली राजदूतको मोडलिङ

ram naam satya
(GMT+08:00) 2017-11-29 16:34:22
आइतबार बेइजिङको एक कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले फेसन शो गर्नुभएको छ। बेइजिङस्थित सिल्क मार्केटको पाँचौँ तलामा आयोजित ‘सातौँ वुचौ कप कूटनीतिक राष्ट्रिय पोशाक प्रतियोगिता’मा विभिन्न १७ देशबीच गरिएको भव्य प्रतियोगिता थियो।दौरा, सुरुवाल, कोट र ढाकाटोपी लगाएका राजदूतको हिँडाइ निकै आकर्षक थियो। नेपाली झण्डाका साथ राजदूत पौडेलको हाउभाउ रोचक थियो। दुवैतिर रहेका निर्णायकहरुको बीचबाट मञ्चको पल्लो छेउमा पुगेर फर्कदाको क्षण अझै आकर्षक थियो। त्यतिबेला व्यावसायिक मोडलजस्तै देखिएका राजदूतले दर्शकदिर्घातिर फर्केर हात हल्लाउँदाको क्षण निकै रोचक थियो।

समारोहमा राजदूतावासका कर्मचारीपत्नीहरूले मञ्चमा नेपाली संस्कृति झल्किने प्रदर्शनी गरेका थिए । उनीहरुले परम्परागत नेपाली पोशाकका साथै नेवारी, तामाङ, शेर्पा, मगर, गुरुङ लगायतका जातीय पोशाकमा आकर्षक प्रस्तुति गरे। यो प्रतियोगिता विगत सात वर्षदेखि आयोजना हुँदै आए पनि नेपाल सहभागी भएको चाहिँ पहिलोपटक हो।

चिनियाँ सञ्चारमाध्यममा नेपाली संस्कृति र परम्पराको प्रचार गर्नका लागि यस प्रकारको मञ्चको प्रयोग गरिएको बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर काउन्सलर हरिश्चन्द्र घिमिरले बताउनुभयो। यस्ता कार्यले नेपालको संस्कृतिसँगै पर्यटन प्रवर्द्धनमा सघाउने उहाँको भनाइ थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *