बुद्ध एयरले भारतको कोलकाता उडान गर्ने

ram naam satya
निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकाता उडान गर्ने घोषणा गरेको छ । यसका लागि कम्पनीले तीव्र गतिमा काम अगाडि बढाएको छ।

कोलकाता–काठमाडौं रुटमा बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको जहाज प्रयोग गर्ने जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकातासम्मको हवाई दुरी १ घन्टा ३० मिनेटको छ।

‘अर्को वर्ष भदौ १६ गतेबाट भारतको कोलकाताका लागि काठमाडौंबाट नियमित व्यापारिक उडान सुरु गर्ने छौं र यसका लागि आवश्यक तयारी तीव्र गतिमा चलिरहेको छ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बिहीबार भन्नुभयो, ‘कोलकाताका लागि प्रत्येक साता तीन उडान गर्ने योजना छ।’

उडान घोषणासँगै बुद्धले कोलकाताका लागि आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) नियुक्त गर्न सार्वजनिक प्रस्ताव आह्वान पनि गरेको छ। कोलकातामा जिएसए नियुक्त गर्ने तर सकेसम्म साझेदार नै बनाउने कम्पनीको तयारी छ।

कोलकाताका स्थानीय (बंगाली) पर्यटक लक्ष्य गरी उडान गर्न लागिएको बस्नेतले बताउनुभयो। प्रत्येक उडानमा ७५ प्रतिशत (५० जना) बंगाली पर्यटक ल्याउने लक्ष्यसहित सरल भाडा दरमा उडान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभएको खबर नागरिकन्यूज डटकमले लेखेको छ। कम्पनीका अनुसार प्रत्येक वर्ष ६ करोड भारतीय पर्यटक विभिन्न देश घुम्न जाने गरेको तथ्यांक छ । तीमध्ये अधिकतम डेढदेखि २ लाख भारतीय नेपाल आउने गरेका छन्। जसमा बंगाली पर्यटकको बाहुल्य रहने गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *