

बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तुपाका प्रमुख संरक्षक परमपुज्य औतारी धर्म गुरु रेम्पोर्छे (चिनियाँ लामा ) द्वारा विश्वभरका बौद्ध धर्म गुरुहरुलाई ऐतिहासिक झ्याङतेर उत्तरखण्ड धर्म पुस्तक (बौद्ध धर्मसम्बन्धी पौराणिक पुस्तक) समेत प्रदान गरिने गुठीले जनाएको छ।

घ्याङ गुठीमा रहेको पौराणिक बुद्धको मूर्ति बौद्ध स्तुपाबाट बौद्ध पिपलबोट हुँदै चाबहिलको स्तुपासम्म विशेष धार्मिक बाजा, झाँकी र र्यालीसहित रथारोहण गरिने पनि बताइएको छ। गुठीका प्रबन्धक नवीन बज्र लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पाँचौ शताब्दीमा निर्मित बौद्ध स्तुपामा परम्परादेखि नै बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षक चिनियाँ लामाद्वारा स्तुपाको नियमित पूजापाठ, सांस्कृतिक पर्व तथा बुद्ध जयन्तीजस्ता समारोह सञ्चालन गर्ने परम्पराअनुसार बौद्ध मेलम्ची घ्याङ गुठीको संयोजनमा मूल समारोह समिति गठन गरिएको उल्लेख छ।

विश्वको एकमात्र चिन्तामणि, विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपा विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्र हो।