बीआरआई प्रवर्द्धन र निर्माण सेमिनार

ram naam satya

नेपाल चीन उद्योग वाणिज्य संघले काठमाडौँमा एक सेमिनारको आयोजना गरेको छ। नेपालमा बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई प्रवर्द्धन र निर्माण विषयमा आयोजित सो सेमिनारमा नेपाल र चीनबीचको सहकार्य र आपसी हितका बारेमा विभिन्न व्यक्तिले आफ्नो धारणा राखेका छन्।

सो सेमिनारलाई सम्बोधन गर्दै नेपाल चीन उद्योग वाणिज्य संघका राजेशकाजी श्रेष्ठले नेपालले चीनलाई दक्षिण एसियामा जोड्ने भएकाले बीआरआईबाट दुवै देशले फाइदा लिने बताउनुभयो।

नेपालका परराष्ट्र सचिव शंकरदाष बैरागीले बीआरआईले तीनवटा आयामबाट काम गर्ने औँल्याउनुभयो। बैरागीका अनुसार सरकारी निजी र थिङ्कट्याङ्क मार्फत काम हुने भएकाले बीआरआईले दुवै देशको सरकारी र निजी क्षेत्रलाई फाइदा पुग्नेछ र संयुक्त रुपमा विकास हुनेछ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले बीआरआईले समुदायको विकासलाई उज्जल बनाउने र आपसी हित तथा संयुक्त विकास हुने भएकाले थुप्रै शृङ्खलाबाट बीआरआई अगाडि बढेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *