बीआरआई कर संकलन तथा व्यवस्थापन सहयोग मञ्च आयोजित

ram naam satya

प्रथम बीआरआई कर संकलन तथा व्यवस्थापन सहयोग मञ्च अप्रिल १८ देखि २० तारिखसम्म चीनको च च्याङ प्रान्तीय उ चनमा आयोजित भएको छ। सो अवधिमा बीआरआई कर संकलन तथा व्यवस्थापन सहयोग अवस्था औपचारिक रूपमा स्थापित गरिएको छ र सहभागीहरूले ‘उ चन वक्तव्य’ तथा ‘उ चन कार्यकारी योजना २०१९/२०’ पनि सार्वजनिक गरेका छन्।

‘बीआरआईको संयुक्त निर्माण गरौं कर संकलन सहयोगको प्रवर्द्धन र व्यापार वातावरण सुधार गरौँ’ विषय प्रथम बीआरआई कर संकलन तथा व्यवस्थापन सहयोग मञ्चको मुख्य नारा रहेको छ। विश्वका ३४ वटा मुलुक तथा क्षेत्रका कर सम्बद्ध विभागहरूले ‘बीआरआई कर संकलन तथा व्यवस्थापन सहयोग अवस्था समझदारी पत्र’मा हस्ताक्षर गरेका छन् जुन सम्बद्ध अवस्था स्थापित भएको प्रतीक हो।

थाहा भए अनुसार, विश्वका ८५ वटा मुलुक तथा क्षेत्रका कर सम्बन्धी पदाधिकारीहरू तथा १६ वटा अन्तर्राष्ट्रिय संगठन, शास्त्रिय संस्था तथा अन्तर्देशीय व्यवसायका प्रतिनिधिहरूले सो मञ्चमा भाग लिएका छन्। उनीहरूले कर संकलन तथा व्यवस्थापन क्षमताको निर्माण, कानुन वमोजिम कर संकलन गर्नु, कर संकलनलाई व्यापक बनाउने विषयहरूबारे छलफल गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *