बाह्रौं पूर्वी एशिया शिखर सम्मेलनमा चीनका प्रधानमन्त्रीको सहभागिता

ram naam satya

(GMT+08:00) 2017-11-15 15:41:36

चीनका प्रधानमन्त्री ली ख छ्याङ नोभेम्बर चौध तारिख दिउँसो फिलिपिन्स अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बाह्रौं पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी हुनुभएको छ। आशियानका दशवटा मुलुकका नेताहरूका साथै गणतन्त्र कोरियाली राष्ट्रपति मुन जाइ यिन, रुसी प्रधानमन्त्री दमित्री मेदभेदेभ, जापानी प्रधानमन्त्री शिन्जो आबे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टरन्बुल, न्यूजिल्याण्डका प्रधानमन्त्री जासिन्दा आर्देन र अमेरिकी विदेश मन्त्री रेक्स टिलेर्सन पनि सम्मिलित हुनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चीनका प्रधानमन्त्री ली ख छ्याङले उक्त सम्मेलनलाई सम्बोधन गर्दै पूर्वी एशियाको भावी सहकार्यबारे छ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो। शिखर सम्मेलनमा सहभागी विभिन्न पक्षहरूसँगै मिलेर पूर्वी एशियाको विकास हुने नयाँ अध्याय खोल्दै जान चीन इच्छुक रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ। प्रधानमन्त्री लीले हिजै बिहान बेग्ला बेग्लै गरी अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टरन्बुल र यूरोपेली परिषद्का अध्यक्ष दोनाल्ड टस्कसँग भेटघाट गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *