बाढी प्रभावितलाई स्कुल बनाउन साढे नौ लाख सहयोग

ram naam satya

गत भदौमा आएको बिनासकारी बाढीले क्षतिग्रस्त जोखिमयुक्त भवनमा पढ्न बाध्य इटहरी उपमहानगरपालिका ४ बुढी गङ्गा प्राविको भवन निर्माणका लागि हङकङबाट साढे नौ लाख सहयोग संकलन गरिएको छ। हङकङ नेप्लिज टेनिस सोसाइटी, बगैंचा सञ्चार र नेपाल फाइनान्स हङकङको सहकार्यमा उपमहानगरपालिका र टेनिस सोसाइटीबीच एक सम्झौतामा हस्ताक्षर गरी नौ लाख पैंतिस हजार नगद हस्तान्तरण गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।
उपमहानगरपालिकाको तर्फबाट मेयर द्वारिकालाल चौधरी र टेनिस सोसाइटीका तर्फबाट सचिव बज्रकुमार थुलुङ राईबीच उक्त सहयोग रकमबाट स्कुल भवन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार उक्त सहयोगमा नगरपालिकाले पन्ध्र लाख थप गर्ने स्थानीय सहयोग समेत जुटाएर करिब तीस लाख बराबरको बालमैत्री भवन निर्माण गरिने छ। साथै नगरपालिकाले हरेक वर्ष अन्य बजेट समेत बिनियोजन गर्ने छ।

प्रारम्भिक सर्वेक्षण गरिसकिएकाले भवन निर्माण कार्य जतिसक्दो चाँडो थालनी गरिने बताइएको छ। त्यस क्षेत्रमा गरिब तथा बिपन्न वर्गका बालबालिका बढी भएकाले सहयोगका लागि उक्त स्मुल छनोट गरिएको सोसाइटीका सचिव बज्रले बताउनुभयो।

हङकङबाट आएको सहयोगबारे बिहिबार इटहरीको प्रिमियर होलटमा आयोजित सभामा जानकारी दिइएको हो। जहाँ उपमेयर लक्ष्मी गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति पोखरेल, प्रधानाध्यापक तारा पोख्रेल, सङ्गीत साधना इटहरीका महासचिव राजु केसी लगायत सञ्चाकर्मीहरूको सहभागिता थियो।

हङकङ नेप्लिज सोसाइटीका अध्यक्ष मगेन्द्र राईले बाढी प्रभावित बालबालिकाको दुःख कम गर्न सानो भएपनि सहयोग गर्ने प्रेरणाले यो सहयोग संकलन गरिएको बताउनुभयो। ‘विदेशमा बसेपनि नेपालका बाढी प्रभावितको पीडाले हामीलाई छोएको छ, त्यसैले चुप लागेर बस्न सकेनौं’, राईले भन्नुभयो, ‘यसअघि पनि हामीले पोखरा रंगशालामा दश लाख बराबरको टेनिस कोर्ट, रामेछापमा बगैँचा सञ्चार र नेपाल फाइनान्ससँग सहकार्य गरी स्कुल भवन निर्माणमा समेत सहयोग गरेका थियौँ।’

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *