बर्षैभरि नेपाल महाेत्सव हुने

ram naam satya
नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ। यही माघ १६ गते शहिद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। ‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’ नाम रहने महोत्सवअन्तर्गत शहिद दिवसमा माइतीघर मण्डलमा ज्ञातअज्ञात शहिदको सम्झनामा दीप प्रज्ज्वलन गरी उद्घाटन हुनेछ।

विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेका सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सो महोत्सव गर्न लागिएको आयोजक समितिमा आबद्ध राजनीतिक विश्लेषक आनन्द आदित्यले जानकारी दिनुभयो।

उहाँले राष्ट्रनायक पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानलाई विवादमा ल्याउने प्रयास भए पनि पछिल्लो समयमा सबैले एकीकरण अभियान व्यक्तिविशेषको नभई त्यसबेलाका अगुवा, जनता र सेनाको रगत, पसिना र आँशु मिलेर नेपाल राज्य बनेको बताउनुभयो। नागरिकन्यूज डटकमका अनुसार सोही दिन त्रिभुवन विश्वविद्यालयमा इतिहास र सम्पदासम्बन्धी कार्यशाला हुनेछ। महोत्सवका लागि डा विनोद भट्ट, शशि खड्का र सरोज खनाल रहेको सचिवालय बनेको छ, जसले साप नेपालमा रही काम गर्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *