फ्रान्स “बेल्ट एण्ड रोड”मा संलग्न हुने कुरा विकासको नयाँ परिधि विस्तारका लागि हितकर

ram naam satya
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले फ्रान्स “बेल्ट एण्ड रोड”को निर्माणमा संलग्न हुने कुरा विकासको नयाँ परिधि विस्तारका लागि हितकर हुने कुरा बताउनुभएको छ। उहाँले नौ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा “बेल्ट एण्ड रोड” सम्बद्ध फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनको सकारात्मक धारणाबारे चर्चा गर्दै उक्त कुरा ‌औँल्याउनुभएको हो।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले हाल राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको “बेल्ट एण्ड रोड” प्रस्ताव निकै महत्वपूर्ण रहेको बताउँदै त्यसले प्राचीन रेशमी मार्ग जस्तै विभिन्न मुलुक र विविध सभ्यताबीच आदान-प्रदान गर्ने पुल स्थापना गर्नुका साथै यूरोप तथा एशियाबीचको आपसी सम्पर्कलाई पनि अघि बढाउनसक्ने विश्वास व्यक्त गर्नुभयो। “बेल्ट एण्ड रोड”को निर्माणमा सक्रियताका साथ सहभागी हुन फ्रान्स इच्छुक रहेको कुरा पनि राष्ट्रपति म्याक्रोनले बताउनुभयो।

फ्रान्स लगायतका विभिन्न पक्षहरूसँगै मिलेर विभिन्न सभ्यताको साझा समृद्धिका लागि अझ फराकिलो भविष्य सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता लुले बताउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *