

नामुनानी शिखर र आबी शिखरबीचको मुजुर नदी उपत्यकामा पर्ने फुलानलाई दक्षिण-पश्चिमी तिब्बतको ढोकाको रुपमा लिइन्छ। यसको दक्षिणी भागमा हिमालय पर्छ भने उत्तरतिर कैलाश पर्वत पर्छ साथै नेपाल तथा भारतसँग पनि जोडिएको छ। आलि क्षेत्रका हिम पर्वतबाट घेरिएको क्षेत्रको रुपमा मानिएको फुलानले हाल बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्दैआएको छ।
फुलानको सुन्दर दृश्य विश्व प्रसिद्ध छ। भव्य तथा शानदार पवित्र कैलाश पर्वत र पवित्र मानसरोवर ताललगायत सुन्दर दृश्यस्थलहरु फुलानमा पर्छ। मुजुर नदी उपत्यकाको सुन्दर दृश्य परीकथाको जस्तो छ। उपत्यका चारैतिरबाट खतरनाक तथा सेता हिमालले घेरिएको छ। हिमले ढाकेको शिखरमूनि हावापानीले नष्ट गरेका ढुङ्गा र पहेँलो बालुवाको थुप्रो छन्। उपत्यकामा वर्षभरि न्यानो हुन्छ। टाढा रहेको बंगाल खाडीबाट आउने मनसून हिमाललाई पार गरेर हल्का हावा बनी मुजुर नदी उपत्यकामा पुग्ने गर्छ र हिमाली पठारमा वसन्त जस्तो आर्द्रतायुक्त तथा न्यानो जलवायु पुर्याएको छ। जसबाट उपत्यकाका दुवै किनारमा जेड जस्ता निर्मल पानीले भरेका खाडलहरु थुप्रै छन्। उपत्यकामा केही तिब्बती गाउँ देख्नसकिन्छ। विस्तारै उदय भएको घाम र खाना पकाउँदा आउने धूवाँ र साथै घाँसेमैदानमा गाइबस्तु र भेडाबाख्राको समूह जोडेर एउटा सुन्दर चित्र बनेको छ।

फुलानको मुजुर नदी उपत्यकामा हिँडदुल गर्दा सुन्दर दृश्यको अवलोकन गर्नुका साथै माने घुमाउने बूढाबूढीसँग पनि भेट गर्न सकिन्छ। यो दृश्य अद्भुत लाग्नसक्छ र किम्वदन्तीमा भनिएको साङ्ग्रिलामा पुगेको जस्तो हुनेछ।
छिङ हाइ-तिब्बत पठारको दक्षिण-पश्चिम उन्मुख ढोकाको रुपमा रहेको फुलान इतिहासदेखि नै पश्चिमी पठारको महत्वपूर्ण वैदेशिक व्यापार नाकाको रूपमा रहेको छ। हाल राष्ट्रिय दोस्रो श्रेणीको नाकाको रुपमा रहेको फुलान दुई भागमा विभाजित छन्। नयाँ क्षेत्रमा दूरसंचार कार्यालय, हुलाक कार्यालय, होटेल, रेस्टुराँ आदि उपलब्ध छन् र आधुनिक छ भने पुरानो क्षेत्र मुजुर नदीको सम्मुखपट्टि पर्छ।

हरेक ग्रीष्म र शरद ऋतुमा नेपाली व्यापारीले सीमा पार गरी अन्तर्राष्ट्रिय बजारको रुपमा मानिएको यस क्षेत्रमा व्यापार गर्छन्। ग्रीष्म ऋतुमा नेपालीहरुले भारतीय धूप र फ्रान्सेली सुगन्धीत् सामग्री आदि विभिन्न विदेशी सामग्री लिएर यहाँ बेच्न आउँछन् अनि शरद ऋतुसम्म बस्छन्। हिउँद ऋतु आउनुअघि उनीहरु फुलानमा किनेको भेडा, च्याङ्ग्रा र ऊन लिएर नेपाल फर्कन्छन् जसबाट एउटा स्थानीय विशेषतायुक्त व्यापारिक कोरिडर बनिएको छ।
रङ्गीन पोशाक लगाएका नेपाली केटी पनि फुलान जिल्लाको एक सुन्दर दृश्य हो। फुलानको सडकमा नेपाली व्यापारीबाहेक तीर्थयात्रा गर्न भारतबाट आएका धनी मान्छे देख्नसकिन्छ साथै कामको खोजीमा आएका गरिब नेपाली कामदार पनि देख्नसकिन्छ। एकै सडकमा गरिब र धनीलाई सँगै देख्नपाइन्छ र यो अन्तर्राष्ट्रिय फुलानको एक दृश्य पनि बनेको छ।


