फर्च्युन ग्लोबल फोरम 2017 शुरु

ram naam satya
(GMT+08:00) 2017-12-07 19:02:25
 फर्च्युन ग्लोबल फोरम 2017 डिसेम्बर छ तारिख बिहान चीनको क्वाङ चौ शहरमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फोरमलाई शुभकामना सन्देश पठाउनुभएको छ। उप प्रधानमन्त्री वाङ याङले उद्धाटन समारोहलाई सम्बोधन पनि गर्नुभएको छ।प्राप्त जानकारी अनुसार, फर्च्युन ग्लोबल फोरम चीनमा आयोजना गरिएको यो पाँचौं पटक हो। उप प्रधानमन्त्री वाङ याङ, क्यानाडाका प्रधानमन्त्री ट्रुदेउ र पपुवा न्यू गिनीका प्रधानमन्त्री ओनिल सो फोरममा सहभागी हुनुका साथै विश्वका पाँच सय उत्कृष्ट व्यवसायमध्येका एक सय बाउन्न व्यवसायका सात सयभन्दा बढी व्यवसायी र गण्यमान्य विद्बान तथा विशेषज्ञहरू सो सद्धाटन समारोहमा सहभागी रहेका छन्।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीनको सुधार-खुलापन र विकासबाट ल्याउने सुअवसरको उपभोग गर्नका लागि चीनमा लगानी लगाउन विश्वका ब्यवसायीहरूको हार्दिक स्वागत गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *