

ग्रेेटर नेपाल नेशनलिष्ट फ्रण्टका अध्यक्ष फणीन्द्र नेपाललाई अाज बिहान १०:४० मिनेटमा उहाँको निवासबाट विना पक्राउ पुर्जी सादा पाेषाकका प्रहरीले पक्राउ गरेको छ।
झण्डै दुई दशकदेखि ग्रेटर नेपालकाे मुद्दा उठाउँदै अाएका ग्रेटर नेपालका अभियन्ता अर्थात फ्रिडम फाइटरकाे पहिचान बनाएका फणीन्द्र नेपाल जेनेभाबाट फर्किएपछि विभिन्न ब्यक्तिले अार्जित प्रतिष्ठा ध्वस्त बनाइदिने र जनताको दृष्टिमा गद्दार साबित गराइदिने धम्की दिएको भेटघाटमा अाफ्ना मित्रलाई बताउने गरेका थिए। अाफ्नाे सुरक्षासँग सम्बन्धित विषयलाई उनले केही विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक गरेका थिए।

भर्खरै प्राप्त जानकारी अनुसार फणीन्द्र नेपाललाई केएमसी अस्पतालमा स्वास्थ्य जाँच गरेर गाैशाला प्रहरी प्रभागमा लगिदैछ। अहिलेसम्म पक्राउ गर्नुको कारण खुल्न सकेको छैन।

