प्राधिकरणले सान्जोसेलाई क्षतिपूर्ति दिनु नपर्ने

ram naam satya
   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाको ठेक्का पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेलाई नेपालले क्षतिपूर्ति दिन नपर्ने नेपाल मध्यस्तता परिषद्ले फैसला गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सहमतिविपरीत ठेक्का तोडेको भन्दै सान्जोसेले २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति मागेको कारोबार अनलाइनले लेखेको छ।

        गत असारमा परिषद्ले सान्जोसेको पक्षमा फैसला गरेको थियो। प्राधिकरणले पुनरावलोकनको लागि परिषद्मा निवेदन दिएपछि सोमबार परिषद्ले फैसला गर्दै क्षतिपूर्ति दिनुनपर्ने अर्को फैसला गरेको हो। समयमा काम सम्पन्न गर्न नसकेको भन्दै एक वर्षअघि (२०७३ मंसिर २४) प्राधिकरणले सान्जोसेसँगको ठेक्का सम्झौता तोडेको थियो। सान्जोसेले गत असारमा मध्यस्थता परिषद्को फैसलालाई आधार मान्दै प्राधिकरणमा १५ करोड १८ लाख ८९ हजार रुपैयाँ ब्याजसहित २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो।

प्राधिकरण एसियाली विकास बैंकको परामर्शदाता तथा सान्जोसेबीच सन् २०१६ मार्च १० मा ४ सय ५७ दिनसम्म म्याद थप्ने सहमति भएको तर समय पूरा नहुँदै ठेक्का तोडेको आरोप लागाउँदै सान्जोसेले उजुरी दिएको थियो। सो सहमतिअनुसार अझै समय नसकिएको तर बीचमै प्राधिकरणले ठेक्का तोडेको आरोप सान्जोसेले लगाएको थियो। तर सान्जोसेले समयमा काम नगरेपछि प्राधिकरणले बाध्य भएर ठेक्का तोडेको बताउँदै परिषद्मा पुनः अपिल गरेको थियो। अपिललाई सदर गर्दै सोमबार प्राधिकरणको पक्षमा परिषद्ले फैसला गरेको हो।

सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेवापत करिब ९६ करोड रुपैयाँ भने भुक्तानी लगेको थियो। ६ करोड १० लाख अमेरिकी डलरमा काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै प्रगति गरेको आरोप प्राधिकरणको छ। एसियाली विकास बैंक (एडीबी)को ८ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम सुरु भएको थियो। एडीवीको विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो।

सन् २०१३ मंसिर १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनीले प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भएपनि तीन वर्षमा जम्मा १६ प्रतिशत काम सम्पन्न गरेको आरोपमा प्राधिकरणले गत वर्षको मंसिरमा ठेक्का सम्झौता तोडेको थियो।

सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ। योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायत रहेका छन। एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो। गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *