प्रधानसेनापति राजेन्द्र क्षेत्री श्रीलङ्का जाँदै

ram naam satya
नेपालका प्रधानसेनापति राजेन्द्र क्षेत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले जनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

सोही क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुने उल्लेख गरिएको छ।

भ्रमण सम्पन्न गरी प्रधानसेनापति यही माघ ११ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *