प्रधानमन्त्री ली ख छ्याङ 20औँ चीन-आशियान शिखर सम्मेलनमा

ram naam satya
(GMT+08:00) 2017-11-14 15:56:56

चीनका प्रधानमन्त्री ली ख छ्याङ नोभेम्बर तेह्र तारिख दिउँसो फिलिपिन्सको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा 20औँ चीन-आशियान दश प्लस एक शिखर सम्मेलनमा सहभागी हुनुभएको छ भने आशियानका दशवटा मुलुकका नेताहरू त्यस सम्मेलनमा पनि सम्मिलित हुनुभएको छ। प्रधानमन्त्री ली तथा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुटेर्टले संयुक्त रुपमा त्यस शिखर सम्मेलनको अध्यक्षता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

प्रधानमन्त्री लीले सम्मेलनलाई सम्बोधन गर्दै भविष्योन्मुख चीन-आशियान सम्बन्धलाई अघि बढाउनका लागि पाँच बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

उक्त सम्मेलनमा “चीन-आशियान आधारभूत प्रबन्ध, आपसी सम्पर्क, आपसी आवत-जावत र सहकार्यलाई अझ गहन पार्ने संयुक्त वक्तव्य” लगायतका विविध दस्तावेज पनि पारित गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *