प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा

ram naam satya

समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हिजो बिहीबार भियतनामको राजधानी हनोइ पुग्नु भएको छ। प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बिहीबारदेखि भियतनामको औपचारिक भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री ओलीले वैशाख ३० गतेदेखि कम्बोडियाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, संघीय संसद् अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद्, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उच्चपदस्थ कर्मचारी, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी एवं सञ्चारकर्मी संलग्न छन्।

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *