प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा भएको बिस्फोटको घटनाप्रति दुःख व्यक्त

ram naam satya

About

काठमाडौं,८ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
आज श्रीलंकाका प्रधानमन्त्री महामहिम रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देस पठांउदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ  “आज  विहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ।
प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले  मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख गर्नुभएको छ। “यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु। नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ ” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै  शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। “दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभ्भिएका छौ। म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।
Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *