प्रदेश नम्बर दुईमा मातृभाषाको बिबाद

ram naam satya

प्रदेश नम्बर दुईमा मातृभाषाको बिबाद चर्किएको छ । जनकपुरको जानकी चोकमा स्थानिययुवाहरुले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्क भाषाको रुपमा रहेको हिन्दि भाषामा प्रदेश सभामा बोले पछि आक्रोशित युवाहरुले राजपा नेपाल र फोरम नेपालको पुत्ला दहन गरेको हो ।

पुत्ला दहनको क्रममा स्थानिय प्रहरीसंग केही बेर झडपको अवस्था समेत उत्पन्न भएको थियो । झडप पश्चात भेला भएका आक्रोसित युवाहरु राजपा र फोरमको पुत्ला दहन गरेको हो । परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पजियारको अध्यक्षता नाराबाजी सहित पुत्ला दहन गरेको छ ।मातृभाषालाई प्रयोग र बैदेशिक भासालाई सम्मान गर भन्दै स्थानिय युवाको माग रहेको सुशील कर्णको भनाई छ ।

यसक्रममा युवाहरु मोहन रौनियार, किसन मण्डल, सुमित मिश्र, सुरेन्द्र मण्डल, रबि ठाकुर, सन्जय गुप्ता, मनिस कोइराला, पप्पु यादव, कन्हैया मण्डल, राजु दास, मजिवुल राईन, अविनाश साह, आरएन सिंह लगायतका दर्जनौ युवाको उपस्थितिमा पुत्ला दहन भएको थियो ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *