पोखरामा १९ औँ सडक महोत्सव

ram naam satya
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान )पोखराद्वारा यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव गरिने भएको छ। ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा लेकसाइडको शहीदचोकदेखि खहरेसम्म होटल तथा रेष्टुरेन्टले सडकमै पसल राखी स्वदेशी तथा विदेशी पाहुनालाई सेवा उपलब्ध गराउने प्रचार–प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

बढी संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई पर्यटन क्षेत्रको विकास गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ। अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गर्न लागिएको सो महोत्सवमा नेपालका विभिन्न जनजातिसँग सम्बन्धित लोपोन्मुख वेशभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण र जगेर्ना गर्दै तिनीहरुको संवद्र्धन र प्रवद्र्धन गर्ने पनि लक्ष्य राखिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *