पोखरामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा महोत्सव हुने

ram naam satya
आगामी माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायत गरी ३५० वटा कक्ष रहने छन्।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यो महोत्सवको उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण रहेको छ।

महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी कार्यक्रमसमेत राखिएको आयोजक संस्थाले जनाएको छ।

संघद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णहरि भण्डारीले महोत्सव अवधिभरि तीन लाख दर्शकले अवलोकन गर्ने र रु १५ देखि २० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको गराउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *