पोखरामा गण्डकी प्रदेशका पर्यटकीय स्थलको फोटो प्रदर्शनी

ram naam satya
पोखरामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका फोटो पत्रकारले खिचेका गण्डकी प्रदेशका पर्यटकीय स्थलका ५० फोटो प्रदर्शन गरिएको छ। तराई, पहाड र हिमाली क्षेत्रका पर्यटकीय स्थलको तस्बिरले विदेशी पर्यटक मात्र होइन आन्तरिक पर्यटक पनि आकर्षित भएका अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको अयोजनामा पोखराको फेवाताल किनारमा फोटो प्रदर्शनीको आयोजना भएको हो।प्रदर्शनीमा विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालदेखि पहाडका संस्कृति तराइका जनजीवन र नवलपुर जिल्लाका जंगली जनावरसम्मका तस्बिर राखिएका छन्। गण्डकी प्रदेशका पर्यटकीयस्थलका फोटो प्रदर्शनीका उद्घाटन नेपाल न्यूज नेटवर्क इन्टरनेसनल प्रालिका अध्यक्ष रामेश्वर थापाले गर्नु भएको थियो। फोटा पत्रकारिता सहज नरहेको र निकै मेहिनत लाग्ने र जोखिम समेत हुने उहाँले बताउनुभयो। फोटो भनेको वर्तमानको अवस्थमा मात्र दृश्य नभएर इतिहास पनि भएकाले यसको महत्व ठूलो रहेको थापाको भनाइ छ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले गोरखापत्र दैनिकमा नेपालमै पहिलो पटक १९८४ साल वैशाख १३ गते फोटा छापिएको दिनलाई फोटो पत्रकारले राष्ट्रिय फोटो पत्रकारिता दिवसको दिनको रुपमा मान्दै आएको बताउँदै सरकारले यसलाई मान्यता दिनु पर्नेमा जोड दिनुभयो।

नेपाल पर्यटन बोर्डका पोखराका प्रवन्धक सूर्य थपलियाले यस्ता कार्यक्रमले गण्डकी प्रदेश सरकारले घोषण गरेको आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल सरकारले घोषण गरेको नेपाल भ्रमर्ण वर्ष २०२० को प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो।

ग्रिसबाट पोखरा घुम्न आएकी याना गण्डकी प्रदेशका पर्यटकीय स्थलका फोटो हेरेपछि धेरै समय लिएर फेरि नेपाल आउने योजना सुनाउनुभयो। पोखराको पञ्चासे घुम्न जान आफ्नो साथीसँग तयारी गर्दै गरेकी यानाले मर्दी हिमाल क्षेत्रको पदयात्रा मात्र होइन गाउँगाउँका नेपाली परम्परागत संस्कृति पनि हर्ने गरी लामो समय लिएर नेपाल आउने सोचाइ बनाएको सुनाउनुभयो।

अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत अन्नपूर्ण हिमालको फेरो लगाएर पोखरा आइपुगेका क्यानडाका पर्यटक जोन पनि नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको अयोजनामा पोखराको फेवाताल किनारमा आयोजना भएको फोटो प्रर्दशनी हेरेपछि नयाँ ठाउँमा जान थप उत्साहित भएको सुनाउनुभयो। लम्जुङको बेसीशहरदेखि सुरु भएर मनाङ, मुस्ताङसम्म पुगे पनि उपल्लो मुस्ताङ नपुगेकोमा थकथकी लागेको उहाँले सुनाउनुभयो। तस्बिरमा त्यस क्षेत्रको प्रकृति, संस्कृति र जनजीवन देखेर उपल्लो मुस्ताङ जान हुटहुटी जागेको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *