पैचिङ प्रस्तावमा राजनीतिक दल सम्बन्ध स्थापना गर्न अाव्हान

ram naam satya

(GMT+08:00) 2017-12-03 18:30:23

चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक दल वार्ता सम्मेलन आज डिसेम्बर ३ तारिख पैचिङमा सम्पन्न भएको छ। सो सम्मेलनमा ‘पैचिङ प्रस्ताव’ पारित भई राजनीतिक दल बीच आपसी विश्वास तथा सम्पर्क बढाएर नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यमान मतभेदलाई पन्छाएर मतैक्य हासिल गर्ने, आपसमा आदर गर्ने, एक-अर्कासँग सिक्ने नयाँ ढाँचाको राजनीतिक दल सम्बन्धको अन्वेषण गर्न आह्वान गरिएको छ। मानव भाग्य समुदाय निर्माण गर्ने विशाल शक्ति जुटाउन सकिने विश्वास पनि व्यक्त गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक दल वार्ता सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीनमा आयोजित पहिलो बहुपक्षीय कूटनीतिक कार्यक्रम हो। विश्वका १२० वटा मुलुकका लगभग ३०० राजनीतिक दलहरू तथा संगठनका नेताहरुले सो सम्मेलनमा भाग लिएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *