

आज 29 तारिख बिहान नौ बजे सन् 2019 चीन पैचिङ्ग विश्व बागवानी एक्स्पोमा शुभारम्भ समारोह र अतिथिको एक्स्पोको घुम्ती यात्रा कार्यक्रमको आयोजना गरिएको छ। जसबाट आजदेखि अक्टोबर 7 तारिखसम्म गरी 162 दिने विश्व बागवानी एक्स्पो औपचारिक रुपमा चिनियाँ तथा विदेशी पर्यटकका लागि खुल्ला भएको छ।
जन गणतन्त्र चीन बागवानी प्रदर्शनी क्षेत्रमा रमाइलो ड्रम संगीत प्रदर्शनीको साथमा शुरुवात समारोह शुरु भएको हो। यस एक्स्पोमा भाग लिएका चिनियाँ तथा विदेशी प्रदर्शनकर्ता र समाजका विभिन्न क्षेत्रका प्रतिनिधि लगायत आठ सयभन्दा बढीले यस समारोहमा भाग लिएका छन्। विश्व बागवानी प्रदर्शनी क्षेत्रमा ब्राजिल,रुस,फ्रान्स,अफ्रिका,युरोप आदि विभिन्न क्षेत्रका विभिन्न नाचगान देखाएका छन्।

शुभारम्भ समारोहपछि पैचिङ्ग विश्व बागवानी एक्स्पोले पहिलो चरणका पर्यटकको स्वागत गरेको छ। पैचिङ्ग विश्व बागवानी एक्स्पो सन्1999 खुन मिङ्ग विश्व बागवानी एक्स्पो,सन्2010 शाङ्हाइ विश्व एक्स्पो र सन् 2018 शाङ्गहाइ आयात एक्स्पोपछि चीनले आयोजना गरेको यो नै सबैभन्दा उच्चस्तरीय र सबैभन्दा ठूलो परिमाणको अन्तर्राष्ट्रिय एक्स्पो हो।
