पैचिङस्थित दूतावासमा राष्ट्रपतिको सम्मानमा रात्रीभोज

ram naam satya

पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा आज शनिबार राष्ट्रपतिको सम्मानमा रात्रीभोजको आयोजना हुँदैछ। दूतावासमा उहाँले चीनमा रहेका नेपालीहरूसँग भेटघाट गर्ने साथै सम्बोधन गर्ने कार्यक्रम पनि छ। यस रात्रीभोजमा चार सयको हाराहारीमा नेपालीहरू उपस्थित छन्। केही बेरमै राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, भौतिक तथा पूर्वाधारमन्त्री, उद्योगमन्त्री, समाजकल्याण मन्त्री, प्रदेश ३ का मुख्य मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारीसहित भ्रमण टोलीका सबै सदस्य सहभागी हुने दूतावासले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो यूएन २०३० एजेण्डा कार्यान्वयनका लागि हरित तथा दीगो विकासको प्रबद्‍र्धन विषयक गोलमेच सम्मेलनमा सम्बोधन गर्नुभएको छ। उक्त सम्मेलनको समाप्तिपछि उहाँ दूतावास आउने कार्यक्रम तालिका रहेको छ।

यसअघि आज शनिबार बिहानै पैचिङको उत्तरपूर्वी भागमा अवस्थित यान्छी ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चिनियाँ राष्ट्राध्यक्ष सी चीनफिङद्‍वारा दोस्रो बीआरआई सम्मेलनमा सहभागी हुनआएका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख र विशिष्ट अतिथिका सम्मानमा स्वागत समारोह आयोजना गरिएको थियो। योसँगै शीर्षस्थ नेताहरूको गोलमेच सम्मेलन सुरु भएको थियो र तेस्रो सत्रको गोलमेच सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको हो।सम्बोधनमा उहाँले एउटा चिनियाँ भनाइ को उल्लेख गर्दै भन्नुभयो,”सडक निर्माण समृद्धि तर्फको यात्राको पहिलो कदम हो।” हामी अहिले दीर्घकालीन लक्ष्य प्राप्तिका लागि पूर्वाधार निर्माणमा जुटेका छौं। बीआरआईबाट हामीले मूलतः हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासमा जोड दिएका छौं।”

राष्ट्रपति भण्डारीले बीआरआई गरिबी उन्मुलन, रोजगारी सृजना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको र यसले वित्तीय खाडल बढिरहेको सन्दर्भमा धेरै राष्ट्रहरुलाई २०३० को एजेण्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्याउने पनि बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *